खगेन मुर्मूको स्वास्थ्य बारे जानकारी लिन अस्पतालमा पुगे विपक्षका नेता शुभेन्दु अधिकारी
खगेन मुर्मूको स्वास्थ्य बारे जानकारी लिन अस्पतालमा पुगे विपक्षका नेता शुभेन्दु अधिकारी


सिलगढ़ी, 16 अक्टोबर (हि.स.)। उत्तर बंगालमा राहत वितरण गर्ने क्रममा केही दिनअघि हमलामा परी गम्भीर रूपमा घाइते भएका भारतीय जनता पार्टी (भाजपा) सांसद खगेन मुर्मू अहिले पनि अस्पतालमै उपचाराधिन छन्। बिहीवार राज्य विधानसभामा विपक्षका नेता शुभेन्दु अधिकारी सिलगढ़ीको एक निजी अस्पतालमा पुगेर खगेन मुर्मूसित भेट गरी उनको स्वास्थ्य स्थिति बारे जानकारी लिए।

भनिन्छ, यसै महिनाको शुरुआतमा जलपाईगुड़ी जिल्लाको डुवर्स क्षेत्रमा आएको बाढ़ी प्रभावित क्षेत्रमा राहत वितरण गर्ने क्रममा मुर्मूमाथि असामाजिक तत्वहरूले हमला गरेका थिए। उनलाई गम्भीर घाइते अवस्थामा तत्कालै अस्प्तालमा भर्ती गरिएको थियो।

यस हमलमाा भाजपा विधायक शंकर घोष पनि चोटिल भएका थिए। बिहीवार शुभेन्दु अधिकारीले अस्पतालमा पुगेर खगेन मुर्मूसित भेट गरी उनको स्वास्थ्य स्थिति बारे जाँचबुझ गरे अनि शीघ्र स्वास्थ्य लाभको कामना गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande