जलपाइगढी, 16 अक्टबर (हि.स.)। जिल्लाको धुपगढी थाना पुलिस लकअपमा गए बुधवार अबेर राती एकजना विचाराधिन बन्दीको मृत्यु भएको छ। आफ्नी दोस्रो पत्नीको हत्याको आरोपमा पक्रा पर्ने आरोपीले अबेर राती पुलिस लकअपमा फाँसी लगाएर आत्महत्या गऱ्यो। तर विचाराधिन बन्दीले आत्महत्या ककसरी गऱ्यो? यसलाई लिएर केही प्रश्नहरू उठिरहेका छन्।
प्राप्त जानकारी अनुसार पेशाले होटल कर्मचारी प्रसन्न कुमार रायमाथि गत शुक्रवार आफ्नी दोस्रो पत्नी सावित्री रायमाथि कुटपिट गरेको आरोप लागेको थियो जसको शनिार जलपाइगढी मेडिलक कलेजमा उपचारको क्रममा मृत्यु भयो। त्यसपछि प्रसन्न रायलाई पक्राउ गरियो।
धुपगुड़ी थानाको पुलिसले उसलाई अदालतमा पेश गरेर जाँचबुझको निम्ति रिमाण्डमा लिएको थियो। तबदेखि नै उ लकअपमा थियो। बुधवार उसले बन्दीहरूलाई दिइने कम्बलको डोरीले पासो लगाएर आत्महत्या गर्ने चेष्टा गऱ्यो। लकअपमा बन्द अन्य बन्दीहरूले उसलाई झुण्डिरहेको देखेर पुलिसलाई जानकारी दिए। पछि उसलाई धुपगढी अस्पतालमा लगियो जहाँ चिकित्सकहरूले उसलाई मृत घोषित गरिदिए।
यसबीच मृतकको परिवारले आरोप लगाएको छ, प्रसन्नको गर्दनमा चोटको निशान थियो, तर शरीरमा कुनै चोटको निशान पाइए। त्यसैले उसले आत्महत्या गरेको हो भन्ने कुरालाई उनीहरूले स्वीकार गरिरहेका छैनन्। तथापि जिल्ला पुलिस अधीक्षक एवं अन्य अधिकारीहरूले यस सम्बन्धमा मौनता अङ्गालेका छन्। बन्दीको मृत्युको जाँच शुरू गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा