एसआईआरको विरोधमा तृणमूल कंग्रेसले कोलकातामा विशाल ऱ्याली गर्ने
एसआईआरको विरोधमा तृणमूल कंग्रेसले कोलकातामा विशाल ऱ्याली गर्ने


कोलकाता, 16 अक्टोबर (हि.स.)। पश्चिम बंगालमा चुनाउ आयोगको विशेष गहन पुनरीक्षण प्रक्रिया (एसआईआर) को अधिसूचना जारी हुने संकेतहरूबीच तृणमूल कंग्रेसले यसको विरोधमा मोर्चा खोल्ने तयारी गरेको छ। पार्टीले निर्णय लिएको छ, काली पूजा, दपावली र भाइटीका पछाड़ि कोलकातामा एउटा विशाल ऱ्याली आयोजना गर्नेछ।

पार्टीका एकजना वरिष्ठ नेता अनुसार यो ऱ्याली आगामी नोभेम्बर महिनाको पहिलो सप्ताहमा आयोजना हुनसक्छ। यसमा मुख्यमन्त्री ममता ब्यानर्जी तथा पार्टीका राष्ट्रिय महासचिव एवं लोकसभा सांसद अभिषेक ब्यानर्जी मुख्य वक्ताको रूपमा उपस्थित हुनेछन्।बताइए अनुसार ऱ्यालीको मञ्चबाट मुख्यमन्त्री र अभिषेक ब्यानर्जीले राज्यभरि नै संचालन गरिने ‘एन्टी-एसआईआर आन्दोलन’- को रूपरेखा प्रस्तुत गर्नेछन्। मुख्यमन्त्रीले यस अवधि एसआईआरविरूद्ध पार्टीको प्रमुख तर्क पनि सार्वजनिक गर्नेछ।

पार्टी नेताहरूले प्रश्न उठाएका छन्, राज्यका भाजपा नेताहरू जस्तै विधानसभामा विपक्षका नेता शुभेन्दु अधिकारी औ केन्द्रिय मन्त्री शान्तनु ठाकुर, एसआईआर अधिसूचना जारी हुनपूर्व नै यो कुरा कसरी भनिरहेका छन् कि कतिजना मतदाताहरूको नाम हटाइनेछ।

मुख्यमन्त्री ममता ब्यानर्जीले पहिला नै स्पष्ट पारिसकेकी छन्, यदि कुनै विशेष समुदायका मतदाताहरूको नामलाई सूचीबाट हटाइयो भने यसलाई सहन गर्नेछैन। पार्टीका केही वरिष्ठ नेता तथा मन्त्रीहरूले चेताउनी पनि दिएका छन्, यदि एकजना पनि वास्तविक मतदाताको नाम हटाइयो भने पश्चिम बंगाल उम्लिनेछ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande