डमटालमा 20.09 ग्राम हेरोइनको साथ नशा तस्कर पक्राउ
डमटालमा 20.09 ग्राम हेरोइनको साथ नशा तस्कर पक्राउ


धर्मशाला, 16 अक्टोबर (हि.स.)। जिल्ला पुलिस नूरपुरद्वारा नशा विरूद्ध चलाइएको अभियान अन्तर्गत नशा माफिया विरूद्ध कारबाही गर्दै एक नशा तस्करबाट 20.09 ग्राम हेरोइन जफत गरिएको छ। पुलिसले आरोपीलाई पक्राउ गरी अग्रिम कारबाही गरेको छ।

पुलिस थाना डमटाल अन्तर्गत माजरा नौशहरा चौकमा पेट्रोलिङ र नाकाबन्दीमा संदीप कुमार उर्फ चीकू पुत्र स्व. अवतार सिंह निवासी गाउँ माजरा डाकखाना छन्नी तहसील इन्दौरा जिल्ला कांगड़ाको कब्जादेखि 20.09 ग्राम हेरोईन जफत गर्नमा सफलता हासिल भएको छ। आरोपीलाई पक्राउ गरी उ विरूद्ध पुलिस थाना डमटालमा एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरिएको छ।

एसपी नूरपुर अशोक रत्नले बताए, उपरोक्त मामिलामा नियमानुसार आगामी कारबाही गरिँदैछ। जाँचमा पक्रा परेको आऱोपी कुख्यात नशा तस्कर हो भनी थाहा लागेको छ। जसमाथि नशा तस्करीका अन्य चार मामिला दर्ता छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande