पहाड भ्रमण सकेर मुख्यमन्त्री ममता ब्यानर्जी फर्किन्
पहाड भ्रमण सकेर मुख्यमन्त्री ममता ब्यानर्जी फर्किन्


खरसाङ, 16 अक्टबर (हि.स.)। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी तीन दिवसीय पहाड भ्रमण सकेर आज कोलकाता फर्किइन्। उनी आज दिउँसो 1 बजीतिर दार्जिलिङबाट प्रस्थान गरिन्। उनी दिउँसो लगभग 2:30 बजीतिर खरसाङ आइपुगेकी थिइन् भने खरसाङबाट सोझै राष्ट्रिय राजमार्ग 110 अन्तर्गत महानदी, घैयाबारी, तीनधारे हुँदै सिलगढीतर्फ लागिन्।

राज्यकी‌ मुख्यमन्त्री गत सोमवार साँझ खरसाङको गिद्ध पहाडस्थित सर्किट हाउसमा आएर बसेकी थिइन्। उनी मंगलवार मिरिकको पैह्रो प्रभावित क्षेत्रहरुको निरीक्षण साथै मृतकको परिवारलाई भेट्न पुगेकी थिइन्। सोही दिन उनले सुखे पोखरी खण्ड विकास कार्यालयमा प्रशासनिक बैठक गर्नुका साथै पैह्रोले ज्यान गुमाएका परिवारका सदस्यहरुलाई होम गार्डको नोकरीको लागि नियुक्ति‌ पत्र प्रदान गरेकी थिइन्।

उनले उक्त दिन मृतकको परिवारलाई 5 लाख गरेर चेक पनि वितरण गरेकी थिइन्। यसका साथै पैह्रोले क्षति गरेको घर निर्माणको लागि प्रत्येकलाई 1 लाख बीस हजार रूपियाँ गरेर प्रदान गरिने घोषणा पनि गरिन्। बुधवार उनले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सचिवालय लालकोठीमा‌ दार्जिलिङ र कालेबुङ जिल्लालाई लिएर प्रशासनिक बैठक गरेकी थिइन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande