खरसाङ, 16 अक्टबर (हि.स.)। खरसाङको रामकृष्ण उच्चतर माध्यमिक कन्या विद्यालयकाे वार्षिक उत्सव आज जीटीएको एमओडी सभासद श्याम शेर्पाको प्रमुख आतिथ्यमा सम्पन्न भयो। उनले वार्षिक उत्सवको उद्घाटन विद्यालयकी प्रधान अध्यापिका चन्द्रकला थापा यल्मो अनि अन्य शिक्षिकाहरुकाे उपस्थितिमा गरे। यस अवसरमा विद्यालयमा विभिन्न मनोरञ्जनात्मक खेलहरु र खाद्यान्न प्रदर्शनी गरियो।
कार्यक्रममा सभासद श्याम शेर्पाद्वारा नानीहरूलाई कुपन पनि वितरण गरियो। यस कार्यक्रमबारे विद्यालयकी प्रधान अध्यापिका चन्द्रकला थापा यल्मोले जानकारी गराए अनुसार, रामकृष्ण उच्च माध्यमिक विद्यालयले पढाइकाे साथमा खेलकुद, विभिन्न प्रदर्शनीहरु वार्षिक उत्सव, लगायत अन्य धेरै कार्यक्रमहरु वार्षिक रुपमा आयोजना गर्ने गरेको छ, जसले नानीहरूकाे मनोबल वृद्धि गर्छ।
उनले यस्ता क्रियाकलापहरु र कार्यक्रमले विद्यार्थीहरुको पढाई साथै धेरै कुराकाे जानकारी हुन्छ र भविष्यमा धेरै क्षेत्रमा नानीहरूले प्रतिस्पर्धा गर्न सक्छ भनी बताइन्। उनले भनिन्, यस वर्ष दशैंमा पैह्रो गएर धेरैले ज्यान गुमाउनु पर्यो र यसमा हामी सबै दुःखित छौं। उनीहरुकाे आत्माले शान्ति पाओस् भनी हामी ईश्वरसित कामना गर्छौं। यस घटनाले नानीहरू पनि डराएको थिए। नानीहरूको मनोबल बढाउन पनि यो कार्यक्रम आयोजना गरिएको हो।
हिन्दुस्थान समाचार / हनोक