नयाँ दिल्ली, 16 अक्टोबर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले बिहिवार कालिन्दी कुञ्जमा पुगेर यमुनाको स्वच्छता कार्यहरूको निरीक्षण गरिन्। उनले भनिन्, छठ पर्वको भव्य आयोजनको लागि सरकारले युद्ध स्तरमा तयारी गरिरहेको छ। यस अवधि क्याबिनेट मन्त्री कपिल मिश्रा पनि उपस्थित थिए।
मुख्यमन्त्रीले दिल्ली सचिवालयमा आयोजित प्रेस कन्फ्रेन्समा भनिन्, स्वच्छ यमुना, घाटहरूमा सरसफाई तथा छठ व्रतालुहरूको लागि उत्कृष्ट सुविधाहरूको व्यवस्था सुनिश्चित गर्नको लागि टीम दिल्ली दिन-रात कार्यरत छ। अधिकारीहरूसित सम्पूर्ण प्रबन्धको समीक्षा गर्नको साथै आवश्यक दिशानिर्देश दिइयो।
उनले भनिन्, हाम्रो सरकारको निरन्तर प्रयासको फलस्वरूप यमुना फेरि स्वच्छ, निर्मल औ अविरल धारामा फर्किरहेको छ। नालाहरूलाई ट्याप गर्ने, एसटीपी लगाउने तथा प्रदूषण नियन्त्रण गर्ने जस्ता ठोस कदमहरूबाट जलको गुणस्तर निरन्तर राम्रो हुँदैैै गइरहेको छ। यस वर्ष छठ पर्वमा श्रद्धालुहरूले यमुनामा उभिएर सूर्य देवलाई जल अर्पण गर्दा त्यो दृश्य आस्था, परम्परा औ पर्यावरणप्रति हाम्रो साझा प्रतिबद्धताको प्रतीक हुनेछ।
मुख्यमन्त्रीले भनिन्, दिल्ली सरकारले केन्द्र सरकारको सहयोगमा पाँच महिनादेखिकै यमुनालाई स्वच्छ बनाउने दिशामा द्रूत गतिमा काम गरिरहेको छ। पछिल्लो सरकारलाई पनि केन्द्र सरकारके अमृत योजना एक र दुईको माध्यमबाट सहयोग दिएको थियो, तर उनीहरूले यमुना सफाईको लागि केही गरेनन्।
हिन्दुस्थान समाचार / बिशाल