सम्भलमा मुल्ला अफरोजमाथि एनएसएको कारबाही
सम्भलमा मुल्ला अफरोजमाथि एनएसएको कारबाही


सम्भल, 16 अक्टोबर (हि.स.)। उत्तर प्रदेशको सम्भालमा हिंसाको आरोपी मुल्ला अफरोजमाथि एनएसएद्वारा कारबारी गरिएको छ। सम्भलको शाही जामा मस्जिदको दोस्रो सर्वेमा भएको हत्याहरूमा आऱोपी दीपा सराय निवासी मुल्ला अफरोजमाथि पुलिसद्वारा एनएसए अन्तर्गत कारबारी गरिएको छ।

पुलिस अधीक्षक कृष्ण कुमार विश्नोईले बताए, बबालमा हत्या गर्ने आरोपीहरूमा सामेल एक आरोपी विरूद्ध एनएसए अन्तर्गत कारबाही गरिएको छ। अन्य दुई आरोपी विरूद्ध पनि कारबाही गरिनेछ। आरोपीहरू विरूद्ध 23 अप्रेलमा पुलिसले चार्जशीट दर्ता गरेको थियो। मुल्ला अफरोजलाई 20 जनवरीमा पक्राउ गरिएको थियो। तबदेखि नै आरोपी जेलमा बन्द छ।

24 नोभेम्बरमा जामा मस्जिदको सर्वे चलिरहेको थियो। सोही अवधि मस्जिद नजिक बबाल शुरू भएको थियो। मुल्ला अफरोज, गुलाम र वारिसमाथि य़िनीहरूले विदेशी हतियारहरूले गोली चलाएको आरोप छ। यसमा कोटगर्बी निवासी अयान, नईम, तुर्तीपुर इल्हा निवासी कैफ, सरायतरीन निवासी बिलाल र हयातनगर निवासी रोमानको मृत्यु भएको थियो।

यद्यपि, रोमानका परिजनहरूले कुनै कारबाहीबिना शवलाई दफ्नाएका थिए। चार हत्याको मामिला दर्ता गरिएको थियो। एसआईटीले छानबीन गर्दा शारिक साटा गिरोह प्रकाशमा आय़ो र यही क्रममा तीनै आरोपीलाई पक्राउ गरिएको थियो। आरोपीहरूदेखि पेस्तोल र विदेशी कारतूस पनि जफत गरिएको थियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande