प्रत्येक महिना सात करोड़भन्दा अधिक मानिसहरूलाई निःशुल्क राशन प्राप्त भइरहेको छः ममता
प्रत्येक महिना सात करोड़भन्दा अधिक मानिसहरूलाई निःशुल्क राशन प्राप्त भइरहेको छः ममता


कोलकाता, 16 अक्टोबर (हि.स.)। विश्व खाद्य दिवसको अवसरमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले राज्यमा खाद्य सुरक्षा सुनिश्चित गर्नको लागि सरकारद्वारा परिचालित योजनाहरूको विवरण प्रस्तुत गरिन्। उनले भनेकी छन्, राज्यमा प्रत्येक महिना सात करोड़भन्दा अधिक मानिसहरूलाई निःशुल्क राशन उपलब्ध गराइँदैछ।

बिहीवार बिहान माइक्रो ब्लगिंग साइट एक्समा पोस्ट गरी मुख्यमन्त्रीले बताइन्, राज्य सरकारको महत्वाकांक्षी ‘खाद्यासाथी’ योजना अन्तर्गत लगभग नौ करोड़ मानिसहरूलाई निःशुल्क राशनको लाभ प्राप्त भइरहेको छ। यीमध्ये सात करोड़ पचास लाख मानिसहरूलाई ‘द्वारे राशन’ पहलको माध्यमबाट घर-घरमा राशन पुऱ्याइँदैछ भने अन्य बाँकी लाभार्थीहरूले आफ्नो सुविधा अनुसार नजिकैको राशन दोकानबाट खाद्यान्न प्राप्त गरिरहेका छन्।

उनले भनिन्, दुर्गा पूजा, काली पूजा, छठ पूजा औ रमजान जस्ता पर्वहरूमा आवश्यकतामा परेका परिवारहरूलाई चीनी, आटा तथा (रमजानको समय)-मा चना छुट दरमा उपलब्ध गराइन्छ।

मुख्यमन्त्रीले बताइन्, ‘माँ’ परियोजना अन्तर्गत गरीब वर्गका मानिसहरूलाई मात्र पाँच रुपियाँमा पौष्टिक भोजन उपलब्ध गराइँदैछ। वर्तमानमा राज्यभरिमा यस्ता 356 वटा ‘माँ क्यान्टिन’ संचालित छन् जसबाट अहिलेसम्ममा 8 करोड़ 58 लाख मानिसहरूलाई लाभ प्राप्त भएको छ।

ममता ब्यनर्जीले यो पनि भनिन्, ‘खाद्यासाथी’ परियोजनाको लागि यस वर्ष राज्य सरकारले 16 लाख 50 हजार किसानहरूबाट 56.33 लाख टन धान सोझै खरिद गरेको छ जसबाट किसानहरूको उचित मूल्य सुनिश्चित भएको छ।

यसको साथै राज्य सरकारले ‘सुफल बंगला’ ब्राण्ड अन्तर्गत 745 उचित मूल्यका पसलहरू खोलेको छ जहाँ आवश्यकतामा रहेका मानिसहरूलाई बजरभन्दा कम मूल्यमा सब्जी र फलहरू उपलब्ध् गराइँदैछ। मुख्यमन्त्रीले बताइन्, अब यी केन्द्रहरूमा माछा पनि सुलभ दरमा बेचिँदैछ तथा जनताको सुविधाको लागि यस्तो आउटलेट्सको संख्या अझ बढ़ाइनेछ।

उनले भनिन्, “राज्य सरकारको लक्ष्य हरेक व्यक्तिको लागि भोजनको अधिकारलाई सुनिश्चित गर्नु हो अनि यो प्रयास आगामी दिनमा पनि निरन्तर जारी रहनेछ।”

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande