कोलकाता, 16 अक्टोबर (हि.स.)। पश्चिम बंगाल विधानसभामा विपक्षका नेता शुभेन्दु अधिकारीले मुख्यमन्त्री ममता ब्यानर्जीमाथि कटाक्ष गर्दै भनेका छन्, उनले उनलाई “भूगोल र वनस्पति विज्ञानको अघिल्लो नोबेल पुरस्कार”- को लागि नामांकित गर्नेछन्। अधिकारीको यो बयान मुख्मन्त्रीद्वारा उत्तर बंगालका हिमाली क्षेत्रहरूमा आएको बाढ़ीलाई रोक्नको लागि मैंग्रोभ बिरूवा रोप्ने सुझाउ दिइएपछि आएको हो।
मुख्यमन्त्री ममता ब्यनर्जीले गए बुधवार दार्जिलिङमा आयोजित एक प्रशासनिक समीक्षा बैठकमा यो सुझाउ राखेकी थिइन्। यस बैठकमा हालैमा उत्तर बंगालका पार्वतीय क्षेत्र, तराई एवं डुवर्स क्षेत्रमा आएको बाढ़ी अनि पैह्रोको स्थितिमाथि चर्चा गरिएको थियो।
मुख्यमन्त्रीको यसै सुझाउलाई लिएर प्रतिक्रिया व्यक्त गर्दै शुभेन्दु अधिकारीले बिहीवार सोशल मीडियामा लेखे, “म ममता ब्यानर्जीलाई भूगोल र वनस्पति विज्ञानको अघिल्लो नोबेल पुरस्कारको लागि नामांकित गर्दछु- उनको ऐतिहासिक तथा क्रान्तिकारी विचार‘मैंग्रोभ इन द माउण्टेन्स’ को लागि।”
अधिकारीले भने, मैंग्रोभ एक विशेष प्रकारको नमक सहिष्णु बिरूवा हुन्छ जुन समुद्रत तटीय क्षेत्रमा कड़ा वा अर्ध कड़ा पानीमा उम्रिन्छ। उनले बताए, मैंग्रोभ वा ज्वारीय वनले प्राकृतिक ढालको कार्य गर्दछ जसले समुद्री तूफान, चक्रवात तथा छालहरूबाट तटीय क्षेत्रको रक्षा गर्दछ अनि जैव विविधताको संरक्षण एवं जलवायु परिवर्तनको सामना गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ।
अधिकारीले भने, “यो एक जीवन्त सुरक्षा तन्त्र जस्तै हो जसले तटीय क्षेत्रहरूलाई बचाउँछ। यो दलदल वा कड़ा पानी भएको पारिस्थितिकी तन्त्र विभिन्न प्रकारका कीट, माछा, सरीसृप, पक्षी एवं अन्य जीवहरूको घर हुन्छ।”
उनले चेताउनी दिए, यदि मुख्यमन्त्रीको यो सुझाउलाई लागू गरियो भने उत्तर बंगालका पहाड़ी क्षेत्रको भौगोलिक संरचना प्रभावित हुनसक्छ। अधिकारीले भने, “पश्चिम बंगालका मानिसहरूले अब त्यस दिनको प्रतीक्षा गरिरहेका छन् जतिबेला राज्यको दिशा परिवर्तन हुनेछ। मुख्यमन्त्रीको अज्ञानताको कारणले राज्य देशभरि नै हाँस्यको विषय बन्न पुगेको छ।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा