नयाँ दिल्ली, 2 अक्टोबर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता आइतवार गान्धी जयन्तीको अवसरमा छत्रसाल स्टेडियममा आयोजित योग कार्यक्रममा सम्मिलित भइन्। यस कार्यक्रमको आयोजन भारतीय योग संस्थानले गरेको हो। यस अवसरमा दिल्लीका शिक्षा मन्त्री आशिष सूद पनि उपस्थित थिए।
सो जानकारी मुख्यमन्त्रीले आफ्नो एक्स अकाउण्टमा साझा गर्दै लेखिन्, गान्धी जयन्तीको यस पावन अवसरमा योगको यो सामूहिक अभ्यास महात्मा गान्धीको त्यस जीवन दर्शनको स्मृतिलाई जीवन्त राख्दछ जसमा आत्मसंयम तथा सादगीलाई नै सबैभन्दा ठूलो मानिएको छ।
मुख्यमन्त्रीले भनिन्, प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा योग आज विश्व पटलमा भारतको सांस्कृतिक धरोहरको रूपमा प्रतिष्ठित भइसकेको छ। उनले बताइन्, दिल्ली सरकारले पनि यसै भिजनलाई अगाड़ि बढ़ाउँदै पाठ्यक्रममा 'साइन्स अफ लिभिंग'-लाई सम्मिलित गरेको छ ताकि विद्यार्थी जीवनको आरम्भ नै स्वस्थ्य, अनुशासन र सन्तुलनको दिशामा प्रेरित हुन सकुन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा