पेंड्राको गल्ला गोदाममा आगलागी, मानव क्षति भएन
पेंड्राको गल्ला गोदाममा आगलागी, मानव क्षति भएन


गौरेला पेंड्रा मरवाही/रायपुर, 2 अक्टोबर (हि.स.)। छत्तीसगढ़को गौरेला पेंड्रा मरवाही जिल्लास्थित पेंड्राको आवासीय क्षेत्रमा एक गल्ला गोदाममा बिहीवार बिहान आगो लागेको कारणले कोकोहोलो मचियो। गोदाम मालिक बबलू गुप्ताको आरोप छ, आगोलाई निभाउनको लागि स्थानीय प्रशासनले कुनै प्रकारको सहयोग गरेन। स्थानीय मानिसहरूको सहयोगमा 4 घण्टा संघर्ष गरेर आगोलाई निभाइयो। यस घटनामा कुनै प्रकारको मानव क्षति भएको सूचना छैन। नोक्सानको मूल्यांकन गरिँदैछ। लाखौं रुपियाँको क्षति भएको अनुमान लगाइँदैछ।

स्थानीय मानिसहरू अनुसार बिहीवार भोर बिहान पेंड्राको लोहतरैया तलाउ क्षेत्रस्थित एक गोदाममा आगो बलिरहेको देखियो जसले हेर्दा-हेर्दै विकराल रूप धारण गऱ्यो। खबर पाउनसाथ मानिसहरूको भीड़ भेला भयो। घटना घटेको तत्काललाई फायर ब्रिगेड र पुलिसलाई सूचित गरियो, तर आइपुगेन। किनभने फायर ब्रिगेडको टीमसित ब्याट्रीको बन्दोबस्त थिएन भने पुलिस थानामा एकजना मात्र कर्मचारी थिए। स्थानीय मानिसहरूले नै आगोलाई नियन्त्रित गरे।

आगलागीको कारण शर्ट सर्किट रहेको बताइँदैछ। पुलिस घटनाको जाँचमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande