जयपुर, 2 अक्टोबर (हि.स.)।
राज्यपाल हरिभाऊ बागडेले सुप्रसिद्ध
शास्त्रीय गायक पण्डित छन्नूलाल मिश्रको निधनमा गहिरो शोक व्यक्त गरेका छन्। राज्यपाल बागडेले भने, पद्म विभूषण प्रख्यात शास्त्रीय गायक पण्डित छन्नुलाल मिश्रको निधन संगीत विधाको निम्ति अपूरणीय क्षति हो। उनले पुण्यात्माको शान्ति तथा परिवार, प्रशंसकहरूलाई यो दुःख सहन गर्ने शक्ति प्रदान गर्ने कामना पनि गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा