चतरा, 02 अक्टोबर( हि.स.)। चतरा जिल्ला गिद्धौर थाना पुलिसले जपुआ मैदान नजिकैबाट अवैध अफिम किनबेच मामिलामा दुईजना आरोपीहरूलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीहरूमा बोला भुइयाँ र सन्दीप भुइयाँ सामेल छन् यिनीहरूको कब्जाबाट 2.52 किलोग्राम अवैध अफिम (अनुमानित बजार मूल्य लगभग 12-13 लाख रुपियाँ), एउटा बाइक र दुई वटा मोबाइल फोन जफत गरिएको छ।
एसडीओ शुभम कुमार खण्डेलवालले बिहीवार बताए, गिद्धौर थाना क्षेत्रको जपुआ मैदान छेउमा अफिम किनबेच भइरहेको गुप्त सूचना प्राप्त भयो। त्यसपछि विशेष छापामारी अभियान संचालन गरी उपरोक्त दुई आरोपीहरूलाई पक्राउ गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा