जिल्लाका दश विधानसभा सीटमा 108 जना उम्मेद्वारहरूले प्रतिद्वन्द्विता गर्ने
जिल्लाका दश विधानसभा सीटमा 108 जना उम्मेद्वारहरूले प्रतिद्वन्द्विता गर्ने


पटना, 21 अक्टोबर (हि.स.)। बिहार विधानसभा चुनाउको प्रथम चरणको मतदानको लागि उम्मेद्वारहरूको नामांकन फिर्ता लिने प्रक्रिया पूरा भइसकेको छ। सारण जिल्लाका दश वटा विधानसभा सीटमा 108 जना उम्मेद्वारहरू चुनाउ मैदानमा उत्रेका छन्। उम्मेद्वारहरूको नामांकन फिर्ता लिने प्रक्रिया पूर्ण भएपछि एकमामा 10, माँझीमा 12, बनियापुरमा 8, तरैयामा 14, मरहौरामा 9, छपरामा 10, गरखामा 13, अमनौरमा 12, परसामा 12, तथा सोनपुरमा 8 जना उम्मेद्वारहरू चुनाउ मैदानमा छन्।

प्रथम चरणमा उपरोक्त सीटहरूमा आगामी 6 नोभेम्बरको दिन मतदान हुनेछ भने मतगणना आगामी 14 नोभेम्बरमा हुनेछ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande