
कोलकाता, 21 अक्टोबर (हि. स.)। काली पूजा एवं दीपावलीको साँझ कोलकाता पुलिसले अवैध पटाका पड़्काएको अनि उपद्रव गरेको आरोपमा 45 जना मानिसहरूलाई पक्राउ गऱ्यो। पुलिसका एकजना अधिकारीले मंगलवार बिहान सो जानकारी दिए।
पुलिस अनुसार गए सोमवार राती आठ बजेसम्ममा 29 जना मानिसहरूलाई अनुशासनहीन व्यवहार अनि सार्वजनिक उपद्रवको मामिलामा पक्राउ गरिसकिएको थियो भने थप 16 जनालाई निर्धारित सीमाभन्दा अधिकसम्म पटाका पड़ाएकोमा हिरासतमा लिइएको छ।
पुलिसले बतायो, अदालतद्वारा तय दिशानिर्देशको पालनलाई सुनिश्चित गर्नको लागि ठूलो संख्यामा पुलिसकर्मीहरूलाई तैनाथ गरिएकोथियो ताकि कुनै पनि प्रकारको अव्यवस्था वा अवैध पटाकाबाजीमाथि तत्काल कारबाही गर्न सकियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा