अररियाको छः वटा विधानसभामा 95 जना उम्मेद्वारहरूले दर्ता गराए नामांकन पत्र
अररियाको छः वटा विधानसभामा 95 जना उम्मेद्वारहरूले दर्ता गराए नामांकन पत्र


अररिया 21 अक्टोबर(हि.स.)। बिहार विधानसभा चुनाउ अन्तर्गत जिल्लाका सबै छः वटा विधानसभा क्षेत्रको लागि मोठ 95 जना अभ्यर्थीहरूले नामांकन पत्र दर्ता गराएका छन्। यसमा मान्यता प्राप्त राजनीतिक दल सहित रजिस्ट्रीकृत दल औ ठूलो संख्यामा निर्दलीय प्रत्याशीहरूले आफ्नो नामांकन पत्र दर्ता गराएका छन्।

नामांकन दर्ता गराउने सम 13 अक्टोबरदेखि 20 अक्टोबरसम्म थियो। नामांकन समाप्ति भएपछि सबैभन्दा अधिक जिल्लातो नरपतगञ्ज विधानसभाबाट 28 जना अभ्यर्थीहरूले आफ्नो नामांकन दर्ता गरेका छन् भने सबैभन्दा कम सिकटी विधानसभाबाट दशजना उम्मेद्वारहरूले नामांकन दर्ता गरेका छन्। जिल्लामा नरपतगञ्जबाट 28, रानीगञ्जबाट 12, फारबिसगञ्जबाट 13, अररियाबाट 20, जोकीहाटबाट 12 तथा सिकटी विधानसभा क्षेत्रबाट 10 अभ्यर्थीद्वारा नाम निर्देशन पत्र दर्ता गरिएको छ।

आज मंगलवार नामहरूको समीक्षा गरिनेछ, त्यसपछि 23 अक्टोबरमा चुनावी अखाड़ाबाट बाहिर निक्लिन चाहने अभ्यर्थीहरूले आफ्नो नाम फिर्ता लिन सक्नेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande