झाड़ग्राम, 21 अक्टोबर (हि. स.)। बेलपहाड़ी तर्फ गइरहेको एक प्राइभेट कार मंगलवार बिहान झाड़ग्रामको पाँंच नम्बर राष्ट्रिय मार्गमा नियन्त्रण गुमाएर सड़क किनारको रूखसित ठोक्कियो। यस घटनामा कार सवार युवक मनोरञ्जन सरदारको घटनास्थलमै मृत्यु भयो।
स्थानीय मानिसहरूले बताए अनुसार कारको गति अत्यधिक तीव्र थियो। यस भयानक दुर्घटनामा कार पूर्ण रूपले क्षतिग्रस्त भयो। वरपरका मानिसहरूले तुरून्तै पुलिसलाई सूचना दिए। पुलिस र राहतकर्मीहरूले घटनास्थलमा पुगेर मृतकको शवलाई कब्जामा लिई अग्रिम कारबाही शुरू गऱ्यो। प्रारम्भिक अनुमानमा द्रूत गति तथा वाहनमा नियन्त्रण नराखेको कारणले यो दुर्घटना भएको हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा