रूखसित ठोक्किएर बाइक सवार घाइते
रूखसित ठोक्किएर बाइक सवार घाइते


पश्चिम मेदिनीपुर, 21 अक्टोबर (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको दासपुर थाना अन्तर्गत डीहीचेतुआमा गए सोमवार अबेर राती एक पीड़ादायी दुर्घटना भयो। जानकारी अनुसार एकजना मोटरसाइकल चालकले नियनन्त्रण गुमाएको कारणले सड़क किनारमा रहेको रूखमा बाइकलाई ठोक्कायो। घटनामा युवक गम्भीर रूपमा घाइते भयो।

स्थानीय मानिसहरूले बताए, अबेर राती सड़क पूर्ण रूपले सुनसान थियो। वरपर कुनै वाहन थिएन जसले गर्दा घाइतेलाई अस्पतालमा पुऱ्याउन ढिलो भयो। त्यसपछि सूचना पाउनसाथ दासपुर थानाको पुलिस घटनास्थलमा पुग्यो अनि घाइतेलाई तुरून्तै अस्पतामा पठाइदियो।

घाइते युवकको पहिचान सञ्जय सामान्त, निवासी श्यामसुन्दरपुर (दासपुर थाना क्षेत्र)- को रूपमा भएको छ जसलाई गम्भीर अवस्थामा पहिला दासपुर ग्रामीण अस्पतालमा पुऱ्याइयो त्यसपछि घाटाल अस्पतालमा रेफर गरियो। उसको स्थिति हाल गम्भीर रहेको बताइएको छ।

पुलिसले घटनाको जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande