इटानगर, 21 अक्टोबर (हि.स.)। अरुणाचल प्रदेशको तिरप जिल्लान्तर्गत खोंसा बजारमा बितेको मध्य राती अचानक भएको आगलागीमा 20 वटाभन्दा अधिक पसलहरू जलेर खरानी भएको छ। यस घटनामा लाखौं रुपियाँको सम्पत्तिको नोक्सान भएको अनुमान लगाइएको छ।
भनिन्छ, दीपावलीको उत्साहबीच पटाकाहरूको कारणले लागेको आगो भीड़भाड़ रहने बजारमा द्रूत गतिमा फैलियो। सूचना पाउनसाथ घटनास्थलमा पुगेका दमकलकर्मीहरूले कठोर परिश्रम गरेर आगोलाई निभाए। तथापि घटनामा कुनै प्रकारको मानव क्षति भएको समाचार छैन। सम्पत्तिको भने ठूलो क्षति भएको छ। आगो वरपरका घरहरूमा फैलिन नदिनका लागि दमकलकर्मीहरूले रातभरि काम गरे।
पुलिस र अग्निशमन विभागका अधिकारीहरूले आगलागीको सही कारण पत्तो लगाउनको लागि जाँच गरिरहेका छन्। अधिकारीहरूले क्षय-क्षतिको मूल्यांकन पनि गरिरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा