
नयाँ दिल्ली, 21 अक्टोबर (हि.स.)। दीपावलीको राती दिल्ली दमकल विभागलाई आगलागी सम्बन्धित 269 फोन कल प्राप्त भयो। राहतको कुरा के छ भने यति धेरै कल आए पनि कुनै ठूलो दुर्घटना, जनहानी वा गम्भीर चोटको सूचना भने प्राप्त भएन।
दमकल विभागका एकजन् वरिष्ठ अधिकारीले बताए, तिहारको दिनमा विभाग पूर्ण रूपले आई अलर्टमा रह्यो। सबै दमकल स्टेशन तथा क्विक रेसपन्स टीमहरूलाई शहरभरि नै तैनाथ गरिएको थियो। अधिकारीले भने, “हामीलाई राती 12 बजेभित्रमा 269 कल प्राप्त भयो। सौभाग्यले कुनै ठूलो दुर्घटना भने भएन। अधिकांश कल्स पटाका र दीयोबाट लागेको स-सानो आगोसित सम्बन्धित थियो।”
पछिल्लो वर्षको तुलनामा यसपालि आगलागीको घटनासित सम्बन्धित कल कमै प्राप्त भयो। पछिल्लो वर्ष 300 भन्दा अधिक कल थियो। दमकल अनुसार दीपावलीको राती दुई वटा कल भने ठूलो घटनासित सम्बन्धित थियो। पहिलो कल पश्चिमी दिल्लीको मोहन गार्डन क्षेत्रमा भएको आगलागीसित सम्बन्धित थियो जहाँ चारतले आवासीय भवनमा आगो लागेको थियो। यस घटनामा दमकल कर्मीहरूले सातजना मानिसहरूलाई सुरक्षित बाहिर निकाले।
प्रारम्भिक जाँचमा यो आगलागी पटाकाको कारणले भएको थियो। दोस्रो घटना सञ्जय गान्धी ट्रास्पोर्टको हो। दमकल विभाग अनुसार बितेको राती लगभग एक बजे दमकल विभागलाई सूचना प्राप्त भयो, सञ्जय गान्धी ट्रान्सपोर्ट नगरमा आगो लाग्यो। सूचना पाउनसाथ दमकलका 20 वटा वाहनहरूले घटनास्थलमा पुगेर आगोलाई नियन्त्रण गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा