उलुबेड़ियामा आगलागी, धेरैवटा पसलहरू जलेर स्वाहा
उलुबेड़ियामा आगलागी, धेरैवटा पसलहरू जलेर स्वाहा


हावड़ा, 21 अक्टोबर (हि.स.)। दीपावलीको साँझ हावड़ाको उलुबेड़िया क्षेत्रमा भयानक आगो लाग्यो। हेर्दा-हेर्द सम्पूर्ण क्षेत्र कालो धुँवाले ढाक्यो। सूचना पाउनसाथ दमकल विभागका तीनवटा वाहन घटनास्थलेमा पुगेर आगो निभाउनमा जुट्यो। दमकलकर्मीहरूले लगभग तीन घण्टासम्म कड़ा संघर्ष गरेर आगोलाई नियन्त्र गरे। तर त्यसबेलासम्ममा तीनवटा पसलहरू खरानी भइसकेको थियो। तथापि क्षय-क्षतिको सठीक अनुमान अहिलेसम्म लगाउन सकिएको छैन।

पुलिस एवं स्थानीय सूत्र अनुसार घटना उलुबेड़ियाको जयपुरस्थित खालना बज़ार नजिक हरिसभा क्षेत्रमा भएको हो। यहाँको एक दुई तले भवनमुनि रहेका पसलहरूमा आगो लागेको थियो।

स्थानीय मानिसहरूको आरोप छ, किराना पसलको पछाड़ि अवैध रूपमा पेट्रोल-डिजल किनबेच हुन्छ जसले गर्दा आगोले तत्कालै भयानक रूप लियो। सम्पूर्ण मामिलाको जाँच जयपुर थानाको पुलिसले गरिरहेको छ।

जानकारी अनुसार दीपावलीको अवसरमा वरपर मैनबत्ती र दियो बालिएको थियो। तर अहिलेसम्म यो स्पष्ट हुन सकेको छैन कि आगो शर्ट सर्किटको कारणले लागेको हो वा अन्य कारणले।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande