रायपुरः राज्यपाल डेका र मुख्यमन्त्री सायले बलिदान जवानहरूलाई दिए श्रद्धाञ्जली
रायपुरः राज्यपाल डेका र मुख्यमन्त्री सायले बलिदान जवानहरूलाई दिए श्रद्धाञ्जली


रायपुर 21 अक्टोबर (हि.स.)। छत्तीसगढ़का राज्यपाल रमेन डेका र मुख्यमन्त्री विष्णुदेव साय आज मंगलवार पुलिस स्मृति दिवसको अवसरमा राजधानी रायपुरस्थित शहीद वाटिकामा पुगे। उनले अमर जवान स्तम्भमा पुष्पाञ्जली अर्पण गरी शहीद वीर जवानहरूलाई नमन गरे। उनले शहीदहरूको सर्वोच्च बलिदानलाई स्मरण गर्दै उनीहरूका परिवारहरूप्रति सम्मान अनि कृतज्ञता व्यक्त गरे।

मुख्यमन्त्री विष्णुदेव सायले आफ्नो उद्बोधनमा भने, हाम्रा जवानहरूले छत्तीसगढ़मा नक्सलवादरूपी चुनौतीको डटेर सामना मात्र गरेका छैनन् जबकि त्यसलाई पछि धकाल्न पनि सफल भएका छन्। नक्सलवादविरुद्ध हाम्रो लड़ाईँ नयाँ गती र शक्तिले अगाड़ि बढ़िरहेको छ। जवानहरूको शौर्यले आगामी मार्च 2026-सम्ममा नक्सलवादलाई पूर्ण रूपले निर्मूल पार्न आवश्यक छ। कार्यक्रममा उपमुख्यमन्त्री विजय शर्मा, विधायक मोतीलाल साहू, अतिरिक्त पुलिस महानिदेशक विवेकानन्द सिन्हा सहित वरिष्ठ पुलिस अधिकारी उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande