रायपुर 21 अक्टोबर (हि.स.)। छत्तीसगढ़का स्वास्थ्य मन्त्री श्याम बिहारी जायसवालले गए साेमवार अबेर साँझ दीपावलीको अवसरमा जिल्ला मनेन्द्रगढ़-चिरमिरी-भरतपुरको सामुदायिक स्वास्थ्य केन्द्र खण्डगाउँमा पुगेर रोगीहरू तथा उनीहरूका परिवार एवं अस्पतालका कर्मचारीहरूसित तिहारको खुशी साझा गरे।
उनले अस्पतालमा भर्ती रोगीहरूको अवस्था जाने अनि चाँड़ै स्वास्थ्य हुने शुभकामना दिए। यस अवधि जायसवालले रोगीहरू तथा उनीहरूको परिवार अनि अस्पतालका कर्मचारीहरूलाई फल एवं मिठाई वितरण गरे। अस्पताल परिसरमा उपस्थित मानिसहरूले स्वास्थ्य मन्त्रीसित भेट गरेर दीप प्रज्जवलित गरी दीपावली उत्सव मनाए।
स्वास्थ्य मन ्त्रीले भने, “बिमार मानिसहरूको सेवा गर्नु र उनीहरूको मनोबल बढ़ाउनु मेरो लागि दीपावलीलाई सार्थक बनाउँछ। स्वास्थ्य विभाग लगातार उत्कृष्ट सेवा दिनको लागि प्रतिबद्ध छ।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा