काली पूजापछि कोलकाताको वायु गुणस्तर 'खराब'
काली पूजापछि कोलकाताको वायु गुणस्तर 'खराब'


कोलकाता, 21 अक्टोबर (हि.स.)। पश्चिम बंगालमा काली पूजा औ दीपावलीमा पटाकाहरूको गुञ्ज तथा धुँवाबीच मंगलवार बिहान राजधानी कोलकाताका कतिपय क्षेत्रहरूको वायु गुणस्तर खराब दर्ता गरियो। भिक्टोरिया क्षेत्रको वायु गुणस्तर सबैभन्दा खराब दर्ता गरियो।

केन्द्रिय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी)- को आँकड़ा अनुसार मंगलवार बिहान नौ बजेसम्ममा कोलकाताका अधिकांश क्षेत्रहरूमा वायु गुणस्तर “सहन योग्य” श्रेणीमा रह्यो, तर भिक्टोरिया मेमोरियलको वरिपरीको हावा “खराब” पाइयो। यहाँ वायु गुणस्तर सूचकांक (एक्यूआई) 239 दर्ता गरियो।

प्रदूषण नियन्त्रण बोर्ड र पुलिसले ‘ग्रीन पटाका’ पड़्काउने मात्र अनुमति दिएको थियो। समय-सीमा पनि तय गरिएको थियो, तर केही क्षेत्रहरूमा नियमहरूको उल्लंघन भयो। परिणामस्वरूप काली पूजाको राती हावामा बारूद र धुँवाको मात्रा बढ़्यो।

पर्यावरण कार्यकर्ताहरूको भनाइ छ, दिल्लीको तुलनामा कोलकाता र हावड़ाको स्थिति राम्रो छ, तर यसलाई सुरक्षित भन्न सकिँदैन। पर्यावरणविद् सुभाष दत्ताले भने, मानिसहरूले अहिले पनि जागरूक छैनन्। कोलकाताको हावा दिल्लीभन्दा राम्रो भए पनि स्वास्थ्यको लागि पूर्ण रूपले सुरक्षति छैन। साथै ध्वनि प्रदूषणलाई पनि ध्यानमा राख्नुपर्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande