उत्तर 24 परगनामा रंग बनाउने फ्याक्ट्रीमा भीषण आगलागी, पाँच वटा दमकल घटनास्थलमा
उत्तर 24 परगनामा रंग बनाउने फ्याक्ट्रीमा भीषण आगलागी, पाँच वटा दमकल घटनास्थलमा


कोलकाता, 21 अक्टोबर (हि.स.)। उत्तर 24 परगना जिल्ला अन्तर्गत खड़दहको ईश्वरिपुर क्षेत्रसेथित एक रंग बनाउने फ्याक्ट्रीमा मंगलवार भोर बिहान भयानक आगलागी भयो। स्थानीय मानिसहरूले बिहान-बिहान फ्याक्ट्रीमा बलिरहेको आगो र धुँवा देखेर दमकललाई सूचना दिए।

पाँचवटा दमकल वाहनले घटनास्थलमा पुगेर आगोलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ। तथापि आगोको तीव्रता अधिक भएको कारणले दमकलकर्मीहरूलाई कठोर मिहिनेत गर्न परिरहेको छ।

प्रत्यक्षदर्शीहरूले बताए, आगो द्रूत गतिमा फैलिएको कारणले वरपरका क्षेत्रहरूमा सन्त्राष फैलिएको छ। सम्पूर्ण क्षेत्र कालो धुँवाले ढाकेको थियो। प्रारम्भिक अनुमानमा फ्याक्ट्रीभित्र रासायनिक पदार्थहरूको भण्डार थियो जसले गर्दा आगो द्रूत गतिमा फैलिएको हो। आगलागीको कारण अहिलेसम्म पत्तो लाग्न सकेको छैन। प्राथमिक जाँचमा शर्ट सर्किट भएको आशंका व्यक्त गरिँदैछ।

दमकल विभागका अधिकारीहरूले बताए, स्थितिमाथि नगलातार नजर राखिँदैछ अनि आवश्यकता परे अतिरिक्त दमकहरूलाई बोलाइनेछ। हाल कुनै प्रकारको मानन क्षति भएको समाचार प्राप्त भएको छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande