मिरिक, 21 अक्टोबर (हि.स)। मिरिकका सामाजिक कार्यकर्ता साहिल राई (22)-ले साथीको ज्यान बचाउँदा आफ्नो ज्यान गुमाए। यस घटनाले मिरिकमा शोक व्याप्त भएको छ। भनिन्छ, गए सोमवार राती मिरिक बजार निवासी सादिक दर्जीले मिरिक झीलमा हाम फाले। उसलाई बचाउनको लागि साहिल झीलमा पसे। यस घटनामा सादिकको ज्यान त बच्यो, तर साहिलको झीलमा डुबेर मृत्यु भयो। स्थानीय मानिसहरूले बताए, उसलाई पौड़िन आउँदैनथ्यो। रातभरि खोजी गरेर शाहिलको शवलाई झीलबाट उद्धार गरियो।
साहिल मिरिकका चर्चित सामाजिक कार्यकर्ता थिए। स्वाभाविक रूपले स्थानीय मानिसहरू उनको असामयिक निधनबाट स्तब्ध छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा