राँची, 21 अक्टोबर (हि.स.)। आदिवासी अधिकार राष्ट्रिय मञ्चको राष्ट्रिय समन्वय समितिको बैठक आगामी 30 र 31 अक्टोबरमा नामकुममा सम्पन्न हुनेछ। यसको तयारीको लागि 51 सदस्यीय स्वागत समिति गठन गरिएको छ। झारखण्ड उच्च अदालतका पूर्व जज रत्नाकर भेंगरालाई स्वागत समितिको अध्यक्ष, रातूका पूर्व प्रमुख सुरेश मुण्डालाई कार्यकारी अध्यक्ष, सुखनाथ लोहरालाई स्वागत सचिव बनाइएको छ। यो जानकारी मञ्चद्वारा प्रेषित प्रेस विज्ञप्ति मार्फत दिइएको छ।
-
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा