कछार (असम), 21 अक्टोबर (हि.स.)। कछार जिल्लान्तर्गत उधारबन्दको पानग्राममा आज भोर बिहान भएको सड़क दुर्घटनामा एकजना व्यक्तिको मृत्यु भयो। मृतकको पहिचान उधारबन्दको ठालीग्राम निवासी अभिषेक पाल उपनाम विश्वको रूपमा भएको छ।
जानकारी अनुसार आज भोर बिहान बाइकको माध्यमबाट अभिषेक उधारबन्ददेखि आफ्नो घर तर्फ फर्किरहेका थिए। यसै अवधि उधारबन्दको
पानग्राम क्षेत्रमा अनियन्त्रित भएर बाइक सड़क किनारको एउटा घरको गेटमा पुगेर ठोक्कियो जसले गर्दा अभिषेकको घटनास्थलमै मृत्यु भयो।
भनिन्छ, बाइक अत्यन्त द्रूत गतिमा गइरहेको थियो जसले गर्दा यो दुर्घटना भएको हो। सूचना पाउनसात घटनास्थलमा पुगेर पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि सिलचर मेडिकल कलेज एवं अस्पतालमा पठाइदियो। साथै पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा