पुलिस स्मृति दिवसमा मुख्यमन्त्रीले पुलिस बलको सौर्य अनि बलिदानलाई गरे नमन
पुलिस स्मृति दिवसमा मुख्यमन्त्रीले पुलिस बलको सौर्य अनि बलिदानलाई गरे नमन


गुवाहाटी, 21 अक्टोबर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले पुलिस स्मृति दिवसको अवसरमा राज्य पुलिस बलको अदम्य साहस एवंं मातृभूमिको रक्षामा उनीहरूको सर्वोच्च बलिदानलाई नमन गरे।

मुख्यमन्त्रीले भने, “पुलिस स्मृति दिवसमा हामी आफ्नो पुलिस बलको अदम्य साहसलाई सलाम गर्दछौं। माँ भारतीको रक्षार्थ उनीहरूको बलिदानलाई स्मरण गर्दछौं। उनीहरूको निरन्तर सेवाले नै हाम्रो राज्यलाई सुरक्षित अनि जनतालाई आश्वस्त राख्दछ।”

उनले राज्यमा शान्ति, सुरक्षा एवं कानून-व्यवस्थालाई कायम राख्नमा पुलिसकर्मीहरूको प्रतिबद्धता तथा योगदानको सराहना गर्दै भने, उनीहरूको समर्पण समाजको निम्ति प्रेरणाश्रोत हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande