गुरूग्रामः एयर इण्डिया फ्लाइटका सेफ्टी अडिटरलाई पीजीमै मृत भेटियो
गुरूग्रामः एयर इण्डिया फ्लाइटका सेफ्टी अडिटरलाई पीजीमै मृत भेटियो


-मृत्युको कारण हार्ट अट्याक मानिँदैछ

गुरुग्राम 21 अक्टोबर ( हि.स.)। एयर इण्डिया फ्लाइटका एकजना सेफ्टी अडिटरलाई पीजीमै संदिग्ध परिस्थितिमा मृत भेटियो। गत सोमवार भएको उनको मृत्युको कारण पत्तो लगाउ जाँच गरिरहेको पुलिसको भनाइ छ, प्राथमिक रूपमा हार्ट अट्याक नै उनको मृत्युको कारण हुनसक्छ।

जानकारी अनुसार मूल रूपमा मुम्बई निवासी प्रफुल्ल साँवल गुरूग्रामको गौरव पीजीमा बस्दै आएका थिए। पीजीमै गत सोमवार उनको मृत्यु भयो। पीजी स्टाफले बताए, उनले सोमवार बिहान ब्रेकफास्ट गरेका थिए। पीजीका केयर टेकरलाई उनले लञ्चको पैसा पनि दिएका थिए। लञ्चको बारेमा पीजी स्टाफले फोन गर्दा उनले कल उठाएनन्। त्यसपछि केयर टेकरले उनको ढोका नजिकमा पुगेर ह्रेर्दा ढोका भित्रबाट बन्द थियो।

अप्रिय घटना भएको हुनसक्ने शंका लागेर केयर टेकरले पुलिलाई सूचना दिये। सेक्टर-40 थानाबाट पुलिसले आएर ढोका खोल्दा प्रफुल्ल ओछ्यानमा मृत अवस्थामा थिए। पुलिसले सम्पूर्ण मामिलाको गहन जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande