पलामु, 21 अक्टोबर (हि.स.)। पलामु पुलिस लाइनस्थित शहीद स्मारक स्थलमा मंगलवार बिहान पुलिस संस्मरण दिवस मनाइयो। शहीद जवानहरूलाई भावपूर्ण श्रद्धाञ्जली दिइयो। कार्यक्रममा पलामुका जोनल आईजी शैलेन्द्र कुमार सिन्हा र पुलिस अधीक्षक रीष्मा रमेशन मुख्य अतिथिका रूपमा उपस्थित थिए। दुवै पुलिस अधिकारीहरूले देशको रक्षा तथा कानून-व्यवस्थाको रक्षा गर्दा-गर्दै आफ्नो प्राणको आहुति दिने शहीद जवानहरूलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे। शहीद स्मारकमा पुष्पाञ्जली अर्पण गरी उनीहरूको अदम्य साहस, अटुट समर्पण एवं उच्च कोटीो कर्तव्यनिष्ठालाई याद गरियो। त्यसपछि अधिकारीहरूले कार्यक्रममा उपस्थित शहीद परिवारहरूसित भेट गरी उनीहरूको सुख-दुःखको जानकारी लिए। साथै शहीद परिवारहरूलाई हरसम्भव सहयोग गर्ने आश्वासन पनि दिए।
कार्यक्रममा सदर एसडीपीओ मणिभूषण प्रसाद, डीएसपी राजीव रञ्जन, राजेश कुमार सहित केही पुलिस अधिकारी एवं जवानहरू उपस्थित थिए। सबैले शहीदहरूको स्मृतिलाई नमन गर्दै राष्ट्र सेवामा आफ्नो सर्वस्व न्यौछावर गर्ने प्रतिबद्धतालाई दोहोऱ्याए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा