जलपाइगढ़ी, 21 अक्टोबर (हि.स)। तृणमूल युवा कंग्रेसका जलपाइगढ़ी जिल्ला अध्यक्ष राममोहन रायले राहत शिविरहरूमा बस्दै आएका बाल-बालिकाहरूसित दीपोत्सव मनाए। जिल्ला अध्यक्ष राममोहन राय गए सोमवार राती मयनागुड़ीको खटोर बारी र तरार बारी क्षेत्रमा विनाशकारी बाढ़ीले ध्वस्त क्षेत्रहरूमा राहत शिविरहरूको दौड़ाह गरे। उल्लेखनीय छ, यी दुवै क्षेत्र गत 5 अक्टोबरमा आएको विनाशकारी बाढ़ीमा ध्वस्त भएको थियो। कतिपय परिवारहरू अहिले पनि राहत शिविरहरूमा बस्दै आइरहेका छन्। जिल्ला अध्यक्ष राममोहन राय दिवालीको राती त्यहाँ पुगे अनि आफूले माटोको दियो बालेर दीपोत्सवको शुरूआत गरे। उनले राहत शिविरहरूमा बस्दै आएका बाल-बालिकाहरूलाई पटाका अनि मिठाई दिए। यस अवधि स्थानीय तृणमूल नेता तथा कार्यकर्ताहरू उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा