
खड़गपुर (पश्चिम मेदिनीपुर), 21 अक्टोबर (हि. स.)। जिल्लाको केशियाड़ी थाना अधिनस्थ बड़चटी गाउँमा गए सोमवार अबेर राती भएको आगलागीमा दुई वटा घर जलेर खरानीमा परिणत भएको छ।
स्थानीय सूत्र अनुसार स्थानी सुरेन्द्रनाथ माइति र सर्वेश्वर माइतिको तीन तले माटोको गरमा अचानक आगो लाग्यो। घरको छत सिरूले छाएको हुनाले आगो द्रूत गतिमा फैलियो अनि हेर्दा-हेर्दै दुवै घर पूर्ण रूपले जलेर खरानी भयो।
परिवारका सदस्यहरूले बताए, दीपावलीको अवसरमा कसैले आकाशमा छोड़ेको पटाका (हवाई रकेट)- को कारणले आगो लागेको हुनसक्छ। घटनाको जानकारी पाउनसाथ घटनास्थला पुगेको केशियाड़ी थाना पुलिस र खड़गपुर अग्निशमन विभाग घटनास्थलमा पुग्यो। कड़ा परिश्रम गरेर दमकलकर्मीहरूले आगोलाई नियन्त्रण गरे। यस घटनामा कुनै प्रकारको मानव क्षति नभए पनि दुवै पीड़ित परिवारहरूलाई ठूलो आर्थिक क्षति पुगेको छ। स्थानीय प्रशासनले आगलागीको कारण पत्तो लगाउन जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा