कालीपूजाको राती घाटालमा दुर्घटनाहरूको ओइरो, 20 जना घाइते
कालीपूजाको राती घाटालमा दुर्घटनाहरूको ओइरो, 20 जना घाइते


पश्चिम मेदिनीपुर, 21 अक्टोबर (हि.स.)। कालीपूजाको राती पश्चिम मेदिनीपुर जिल्लाको घाटाल उपमहकुमामा एकपछि अर्को सड़क दुर्घटना भयो जसबाट कोकोहोलो मचियो। रातभरि भएका दुर्घटनाहरूमा लगभग 20 जना मानिसहरू घाइते भएका छन् जसमध्ये अधिकांश युवकहरू मातेका थिए।

सूत्रानुसार गए सोमवार अबेर रातीदेखि लिएर मंगलवार भोर बिहानसम्ममा घाटाल, दासपुर, चन्द्रकोणा थाना क्षेत्रका कतिपय स्थानहरूमा बाइक, चार चक्के वाहनहरू दुर्घटनाग्रस्त भएको खबर प्राप्त भइरह्यो। लगातार भइरहेका दुर्घटनाहरूको कारणले पुलिस र अस्पताल प्रशासन दुवै हैरान भए।

घाटाल अस्पतालमा अबेर रातीसम्ममा एकपछि अर्को घाइते युवकहरूलाई उपचारको निम्ति ल्याइयो। प्रत्यक्षदर्शीहरूले बताए, अधिकांश युवकहरूले मदिरा सेवन गरेर द्रूत गतिमा वाहन हाँकेको कारणले दुर्घटनाहरू भएको हो।

अस्पताल सूत्र अनुसार लगभग 20 जना घाइतेहरूमध्ये 8 जनाको अवस्था गम्भीर छ जसलाई अन्य अस्पतालहरूमा रेफर गरिएको छ।

पुलिसले बतायो, सबै मामिलाहरूको जाँच गरिँदैछ। चाड़-पर्वको बेलामा राती मातेर वाहन हाँक्नेहरूमाथि कड़ा कारबाही गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande