कामरूप (असम), 21 अक्टोबर (हि.स.)। असमको कामरूप (ग्रामीण) जिल्लान्तर्गत छयगाउँको गणकपारामा मंगलवार बिहान माछा समात्न गएका एकजना व्यक्तिको पानीमा डुबेर मृत्यु भयो। मृतकको पहिचान 2 नम्बर गणकपारा निवासी बिपुल दैमारीको रूपमा गरिएको छ।
पुलिसद्वारा बताइए अनुसार बिपुल आफ्नो घर नजिकै पानीले भरिएको गहिरो खाल्डोमा माछा समात्न गएका थिए। यसै अवधि यो दुर्घटना भयो। घटना बारे जानकारी पाउनसाथ स्थानीय मानिसहरूले पानीभित्र पसेर बिपुललाई खोजे। अबेर रातीसम्म खोजी अभियान चलाएर बिपुललाई बाहिर निकालियो। तर त्यसबेलासम्ममा उनको ज्यान गइसकेको थियो।
सूचना पाउनसाथ घटनास्थलमा पुगेको छयगाउँ पुलिसले शवलाई आफ्नो कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि अस्पतालमा पठाइदिएको छ। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी जाँच शुरू गरेको छ। यस घटनाको कारणले क्षेत्रमा शोक व्याप्त भएको छ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा