कोलकाता, 21 अक्टोबर (हि.स.)। कालीपूजाको रात पटेका पड्काउने बहानामा एक महिलाको साथ छेड़छाड़को मामिला घटेको छ। घटना कोलकाताको गरफा थाना क्षेत्रेमा भएको हो। पीड़िताको शिकायतको आधारमा पुलिसले आरोपी युवकलाई पक्राउ गरेको छ।
पुलिस सूत्रहरू अनुसार, सोमवार राति पीड़िता आफ्नो केही साथीहरूको साथ पटेका पड्काईरहेकी थिइ। सोही अवधि उसको साथ छेड़छाड़ गरियो। आरोपी युवकले पीड़िताको एक साथीको दाज्यू हो र उ पनि त्यही समूहको साथ पटेका पड्काइरहेको थियो।
घटनापछि सोमवार राति नै पीड़िताले गरफा थाना शिकायत दर्ता गराइन्। शिकायत पाएपछि पुलिसले तुरन्तै जाँच शुरू गऱ्यो। मंगलवार बिहान आरोपी युवकलाई पक्राउ गरियो। पुलिसले घटनाको समय त्यहाँ को-को थियो, यसको पत्तो लगाइरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी