भारतीय चिया संघका सदस्य संजय बागचीको निधन, चिया उद्योगमा शोकको लहर
भारतीय चिया संघका सदस्य संजय बागचीको निधन, चिया उद्योगमा शोकको लहर


जलपाइगढ़ी, 21 अक्टोबर (हि.स.)। भारतीय चिया संघका सदस्यहरूमध्ये एक संजय बागचीको असामयिक निधन भयो। जलपाइगढ़ी शहरका यस सपूतको उत्तर बंगालको चिया उद्योगसित लामो समयसम्म गहिरो सम्बन्ध रह्यो। उनी वर्तमानमा असमको सिलचरमा सुरमा घाटी शाखाको सचिवको रूपमा कार्यरत थिए। यस अघि उनी संघको डुवर्स शाखाको बिन्नागढ़ी कार्यालयको सचिवको रूपमा कार्यरत थिए। सोमवार अबेर राति सिलचरमा उनको निधन भयो।

बताइँदैछ, अबेर राति उनी अचानक अस्वस्थ भए। तुरन्तै उनलाई अस्पताल लगियो। जहाँ उनले अन्तिम सास लिए। उनले आफू पछाड़ी पत्नी र एक छोरा छाड़ेर गएका छन्। मंगलवार जस्तै उनको निधनको खबर उत्तर बंगालको चिया उद्योगसम्म पुग्यो, शोकको लहर फैलियो।

भारतीय चिया संघका महासचिव अरिजीत राहाले भने, यो अत्यन्तै दुःखद खबर हो। चिया उद्योगले एक प्रतिभाशी व्यक्ति गुमाएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande