अप्पर सिमरिङको मलिबासे निवासी ललिप सुब्बाको घर आगलागीमा जलेर नष्ट
अप्पर सिमरिङको मलिबासे निवासी ललिप सुब्बाको घर आगलागीमा जलेर नष्ट


खरसाङ, 21 अक्टोबर (हि.स.)। तीनधारे महानदी समष्टि अन्तर्गत शिवखोल ग्राम पञ्चायतको अप्पर सिमरिङ, मलिबासे निवासी ललिप सुब्बाको घरमा आगलागी हुँदा घर जलेर नष्ट भएको छ। यस आगलागीमा ललिप सुब्बाको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ भने घरबाट कुनै पनि सामानहरु निकाल्न नपाएको बताइएको छ।

जीउमा लगाएको लुगाबाहेक‌ घरबाट सबै सर समानहरु साथै कागजपत्रहरु जलेर खरानी भएको जानकारी प्राप्त भएको छ। आगलागीमा ललिप सुब्बाको घर जलेर नष्ट भएको खबर पाउनसाथ शिवखोला ग्राम पञ्चायतका पञ्चायत समिति सदस्या अनिरा तामाङ घटनास्थल पुगेर निरीक्षण गर्दै सहयोगको लागि आश्वासन दिएकी छन्।

उनले स्थानीयहरुलाई यो‌ तिहारको समयमा आगलागीको घटनाबाट बाँच्न साथै सचेत रहन आह्वान गरेकी छन्। ललिप सुब्बाको घर आगलागी भएर नष्ट भएपछि शिवखोला ग्राम पञ्चायतको तर्फबाट पञ्चायतकर्मीहरुले पीडित परिवारलाई चाहिने भाँडाकुँडा, लुगाफाटा लगायत अन्य चाहिने सर सामानहरु प्रदान गरेका छन्।

पीडित परिवारलाई उनको दाजुको घरमा राखिएको जानकारी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा ट्रेड युनियन अप्पर सिमरिङका सभापति साथै अप्पर सिमरिङ निलकण्ठ समाजका सभापति कमल सुब्बाले‌ दिएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande