
गान्तोक, 29 अक्टोबर (हि.स.)। राजधानीको पाल्जोर स्टेडियममा बुधवार सॉंझ भारत र नेपालका राष्ट्रिय वरिष्ठ महिला फुटबल दलबीच रोमाञ्चक मैत्रीपूर्ण खेल सम्पन्न भयो। फुटबलप्रेमी दर्शकहरूले खचाखच भरिएको स्टेडियममा दुवै देशका खेलाड़ीहरूले आफ्नो उत्कृष्ट प्रदर्शनद्वारा सबैको मन जित्न सफल बने। यस खेलमा नेपालले प्रतिद्वन्दी दल भारतलाई पेनल्टी सुटमा 3-0 ले पराजित गऱ्यो।
भारत र नेपालका राष्ट्रिय महिला वरिष्ठ फुटबल दलबीच मैत्रीपूर्ण खेल हेर्न हजारौंको संख्यामा फुटबलप्रेमीहरू पाल्जोर स्टेडियममा ओर्लिएका थिए। राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ पनि खेलाड़ीहरूको हौसला बढाउन यस ऐतिहासिक खेलको साक्षी बने। दुवै देशका खेलाड़ीहरूले पनि दर्शकहरूलाई निराश बनाएनन्।
खेलको पहिलो हाफमा नेपालका खेलाड़ीहरू भारतीय दलमाथि हावी बनेको थियो। नेपालले धेरै गोल गर्ने अवसरहरू चुकाए। यद्यपि, भारतीय दलले पाएको मौकालाई गोलमा परिणत गरेको थियो। पहिलो हाफको तीन मिनटको अतिरिक्त समयमा नेपालले पनि गोल गरेर खेल बराबरीमा ल्याए। दोस्रो हाफ गोलरहित समाप्त भयो। जसपछि, खेलाइएको पेनल्टीमा नेपालले भारतलाई 3-0 ले पराजित गऱ्यो। भारतीय खेलाड़ीहरू एकै जनाले पनि पेनल्टीलाई गोलमा परिणत गर्न सकेनन्।
हिन्दुस्थान समाचार / बिशाल