
गुवाहाटी, 30 अक्टोबर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले पछिल्लो 30 अक्टोबर, 2008-मा भएको श्रृङ्खलाबद्ध बम विस्फोटमा मारिेका मानिसहरूलाई श्रद्धाञ्जली अर्पण गरे।
मुख्यमन्त्रीले भने, “30 अक्टोबर, 2008 असमको इतिहासमा एउटा कालो दिन रहनेछ जतिबेला राज्यले आफ्नो धर्तीमा सबैभन्दा भयानक आतंकवादी हमलालाई झेलेको थियो।”
उनले भने, यस गम्भीर अवसरमा उनी ती सबै निर्दोष मानिसहरूलाई नमन गर्दछन् जसले यस त्रासदीमा आफ्नो ज्यान गुमाएका थिए। मुख्यमन्त्रीले संकल्प लिँदै भने, असमलाई अब फेरि त्यस्तो अन्धकारमय दिनहरूमा फर्किन दिनेछैनौं।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा