
गुवाहाटी, 30 अक्टोबर (हि.स.)। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमालेमिसिङ भाषा दिवसको अवसरमा मिसिङ समुदायका सबै दाज्यु-भाइ तथा दिदी-बहिनीहरूलाई हार्दिक शुभकामना दिए।
मुख्यमन्त्रीले भने, मिसिङ समुदाय असमको समृद्ध अनि विविध सांस्कृतिक धरोहरको अभिन्न अंग हो। उनले राज्य सरकारको पक्षबाट यस समुदायको समृद्ध भाषा, परम्परा तथा संस्कृतिको संरक्षण एवं सम्वर्द्धनप्रति आफ्नो प्रतिबद्धतालाई दोहोऱ्याए।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा