
कोलकाता, 30 अक्टोबर (हि.स.)। पश्चिम बंगालको कलकत्ता मेडिकल कलेज एण्ड हस्पिटलमा गत सोमवार राती उपचारको निम्ति ल्याइएका नशामा चुर रोगले एकजना महिला डाक्टर प्रशिक्षणार्थीसित कथित रूपमा अश्लील व्यवहार गऱ्यो। पुलिसले बिहीवार यस घटनाको पुष्टि गरेको छ।
सूत्रले बताए मुताविक यो घटना त्यसबेला भएको थियो जतिबेला आरोपी रोगीलाई अस्पतालको इमरजेन्सी विभागमा भर्ती गरिएको थियो। आरोप छ, ड्यूटीमा उपस्थित पुलिसकर्मी चर्को स्वर सुन्दा पनि वार्डमा आएन। पछि प्रशिक्षणार्थीको सिकायतमा पुलिसले हस्तक्षेप गऱ्यो।
घटनापछि अस्पतालका डाक्टर अनि मेडिकल विद्यार्थीहरूले प्रबन्धनसित तत्काल सुरक्षा व्यवस्थालाई सुदृढ़ बनाउने माग गरे। गए बुधवार मेडिकल कलेजका विद्यार्थीहरूले प्रिन्सिपलको कार्यालय बाहिर विरोध प्रदर्शन गरे अनि डाक्टर साथै नर्सहरूको लागि ठोस सुरक्षा व्यवस्था सुनिश्चित गर्ने माग उठाए।
एकजना प्रदर्शनकारी छात्रले भने, एकजना प्रशिक्षणार्थी डाक्टर ड्यूटी अवधि रोगीद्वारा गरिएको उत्पीड़न र अश्लील व्यवहारको शिकार भइन् जबकि पुलिसकर्मी बाहिर उपस्थित थिए। यो पुलिसको लापरवाही तथा सुरक्षामा चूकको उदाहरण हो। डाक्टरहरूले दिन-रात जोखिम उठाएरकाम गर्छन्, त्यसैले हामीले न्याय र सुरक्षाको माग गरिरहेका छौं।
कोलकाता पुलिसका एकजना वरिष्ठ अधिकारीले बताए, “हामीलाई सिकायत प्राप्त भएको छ। सोही आधारमा यस मामिलाको जाँच गरिँदैछ।”
पछिल्लो केही सप्ताहभित्रमा राज्यका केही सरकारी अस्पतालहरूमा महिला डाक्टर अनि नर्सहरूसित शारीरिक उत्पीड़न तथा हमलाका घटनाहरू धेरैपटक भइसकेको छ। अधिकांश मामिलामै आरोपीलाई पक्राउ गरियो, तर यस मामिलामा अहिलेसम्म पक्राउ गरिएको छैन।
यी घटनाहरू पश्चात मुख्यमन्त्री ममता ब्यनर्जीले राज्यका सबै सरकारी अस्पतालहरूका प्राचार्य अनि अधीक्षकहरूलाई लिएर एक उच्चस्तरीय बैठक डाकेकी थिइन्। बैठकमा मुख्यमन्त्रीले स्पष्ट निर्देश दिइन्, अस्पतालहरूमा सुरक्षामा चूकलाई सहन गरिनेछैन। भविष्यमा यस्ता घटनाहरूलाई रोक्नको लागि तत्काल ठोस कदम उठाइयोस्। बैठकमा कोलकाता पुलिस आयुक्त, सबै जिल्लाधिकारी औ पुलिस अधीक्षक उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा