पार्क सर्कसको ल्याम्पपोस्टमा ठोक्कियो डम्पर, क्याब क्षतिग्रस्त
पार्क सर्कसको ल्याम्पपोस्टमा ठोक्कियो डम्पर, क्याब क्षतिग्रस्त


कोलकाता, 30 अक्टोबर (हि. स.)। पार्क सर्कसमा बिहीवार एउटा डम्पर अनियन्त्रित भएर ल्याम्पपोस्टसित ठोक्कियो फलस्वरूप ल्यापोस्ट उख्लेर नजिकै रहेको क्याबमा पस्यो जसले गर्दा क्याब क्षतिग्रस्त भयो। तथापि यस घटनामा जनहानि भएको समाचार छैन। घटनापछि सड़कमा लामो जाम लाग्यो।

बिहिवार बिहान पार्क सर्कसको ब्रिज नम्बर- 4 मा साइन्स सिटी तर्फ जाने सड़कमा एउटा डम्पर अनियन्त्रित भएर सड़क किनारमा रहेको ल्याम्पपोस्टसित ठोक्कियो। ठक्कर यतिसम्म भयानक थियो कि कारको शिशा फुट्यो अनि ल्याम्पपोस्टको एक भाग क्याबभित्र पस्यो। यसले गर्दा क्याब पनि क्षतिग्रस्त भयो। कारभित्र एकजना युवक थिए जो तत्कालै बाहिर निक्ले। घटनाको सूचना पुलिसलाई दिइयो। त्यसपछि अधिकारीहरू तुरून्तै घटनास्थलमा आइपुगे। घटनाको कारणले सड़कमा जाम लाग्यो। डम्परलाई हटाएर यातायातलाई सुचारू गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande