
-थाना अयाना पुलिसमाथि रिपोर्ट दर्ता नगरेको आरोप
औरैया, 30 अक्टोबर (हि. स.)। उत्तर प्रदेशको औरैया जिल्लामा प्रेम प्रसंगमा ठगी तथा मानसिक उत्पीड़नबाट आघातित युवतीले आत्महत्या गरिन्। युवतीका पिताको सिकायतमा पुलिस अधीक्षकको निर्देशमा अब थाना अयानामा मामिला दर्ता गरिएको छ।
थाना अयाना क्षेत्रको ग्राम मानपुर निवासी सर्वेश कुमार, पुत्र मोहर सिंहले पुलिस अधीक्षक औरैयालाई प्रार्थना पत्र दिएर आरोप लगाए, उनकी छोरी नोएडामा सोम तिवारी, पुत्र पम्मी तिवारी, निवासी ग्राम मुढ़ी रसूलपुर, हुलासराय थाना अयानासित काम गर्थी। दुईमाझ प्रेम सम्बन्ध थियो।
आरोप छ, सोम तिवारीले विवाह गर्ने बहानामा सञ्जनासित शारीरिक सम्बन्ध राख्यो, तर पछि जातिगत भेदभावको आधारमा विवाह गर्न अस्वीकार गऱ्यो। पिता अनुसार सञ्जना गत 14 अक्टोबरको दिन नोएडाबाट घर फर्किँदा उसले फोनमा सोमसित कुराकानी गरेकी थिई। यस अवधि सोमले कथित रूपमा सञ्जनालाई अपमानित गर्दै आत्महत्या गर्नको लागि उक्साएको थियो।
यसै मानसिक तनाउ र अपमानबाट क्षुब्ध भएर सञ्जनाले गत 15 अक्टोबर, 2025-को अपरान्ह लगभग 3 बजे फाँसी लगाएर आत्महत्या गरी।
पीड़ित पिताको भनाइ छ, घटनापछि रिपोर्ट दर्ता गराउन जाँदा अयाना पुलिसले कारबाही गर्नको सट्टा “जाँच गगर्ने आश्वासन” दिएर मामिलालाई टारिदियो। त्यसपछि उनले गत 25 अक्टोबरमा पुलिस अधीक्षक औरैयालाई सिकायत गरे।
पुलिस अधीक्षकले मामिलालाई गम्भीर रूपमा लिएर थाना अयाना प्रभारीलाई सुसंत धाराहरूमा अभियोग पञ्जीकृत गरी आवश्यक कारबाही सुनिश्चित गर्ने निर्देश दिएका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा