
कोलकाता, 30 अक्टोबर (हि.स.)। पश्चिम बंगाल उच्च माध्यमिक शिक्षा परिषदले घोषणा गरेको छ, बाह्रौं कक्षाको तृतीय सेमेस्टर परीक्षा परिणाम 31 अक्टोबरमा घोषणा गरिनेछ। सो जानकारी परिषद अध्यक्ष चिरञ्जीव भट्टचार्यले बिहीवार गरेका हुन्।
परिषद अध्यक्षले बताए, यो परिणाम अपरान्ह एक प्रेस वार्ताको माध्यमबाट जारी गरिनेछ जसपश्चात विद्यार्थीहरूले 1 बजेदेखि अनलाइन आफ्नो अंक हेर्न सक्नेछन्। राज्यमा उच्च माध्यमिक परीक्षा नयाँ चार सेमेस्टर प्रणाली अन्तर्गत आयोजना गरिएको यो पहिलो पटक हो। यस प्रणाली अन्तर्गत बाह्रौं कक्षाको पाठ्यक्रमलाई दुई भाग तृतीय र चतुर्थ सेमेस्टरमा विभाजन गरिएको छ।
भट्टचार्यले बताए, परिषदले यसपालि प्रिन्टेड मार्कशीट जारी गर्नेछैन। विद्यार्थीहरूले आफ्नो मार्कशीट आ-आफ्नो विद्यालयबाट प्राप्त गर्नुपर्नेछ। उनले भने, अघिल्लो (चतुर्थ) सेमेस्टर परीक्षा आगामी फरवरीमा आयोजना हुनेछ र दुवै सेमेस्टरको सम्मिलित अंकहरूको आधारमा विद्यार्थीहरूको अन्तिम ग्रेडिंग तथा ऱ्याकिंग तय गरिनेछ।
तृतीय सेमेस्टरको परीक्षा गत 8-देखि 22 सेप्टेम्बरम्म आयोजना भएको थियो। यो राज्यको पहिलो सेमेस्टर आधारित परीक्षा थियो जसमा लगभग 6.6 लाख विद्यार्थीहरू सामेल भए जसमा 56.03 प्रतिशत छात्राहरू थिए। परीक्षाको नयाँ प्रारूपमा ओएमआर शीट्सलाई प्रयोग गरिएको थियो। परिषद अनुसार लगभग 38 लाख ओएमआर शीटलाई स्क्यान गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा