संदिग्ध आतङ्कवादीसित सम्बन्ध रहेको आरोपमा दुईजना कर्मचारीहरूलाई बर्खास्त गरिएको घटनाको महबुबाले गरिन् निन्दा
संदिग्ध आतङ्कवादीसित सम्बन्ध रहेको आरोपमा दुईजना कर्मचारीहरूलाई बर्खास्त गरिएको घटनाको महबुबाले गरिन् निन्दा


श्रीनगर, 30 अक्टोबर (हि.स.)। पीडीपी अध्यक्ष महबुबा मुफ्तीले बिहीवार भनिन्, उपराज्यपाल प्रशासनद्वारा गरिएको दुईजना कर्मचारीहरूको बर्खास्तले मुसलमान विशेष गरी कश्मीरीहरूलाई कमजोर बनाउने व्यापक एजेण्डाको चिन्तालाई बढ़ाउँछ।

उनको यो टिप्पणी जम्मू-कश्मीरका उपराज्यपाल मनोज सिन्हाद्वारा आतंकवादीहरूसित कथित सम्बन्ध रहेको आरोपमा दुईजना सरकारी कर्मचारीहरूलाई बर्खास्त गरिएपछि आएको हो। उपराज्यपालले गुलाम हुसैनर माजिद इकबाल डार दुवै शिक्षकको सेवालाई समाप्त गरिदिए जसलाई लश्कर-ए-तैयबा (एलईटी) संगठनका गतिविधिहरूलाई समर्थन गर्नमा सक्रिय रूपमा रहेको पाइएको थियो।

उनले आरोप लगाइन्, कथित आतंकवादी सम्बन्धको कारणले थप दुईजना सरकारी कर्मचारीहरूलाई बर्खास्त गरिएको छ र उनीहरूलाई आफूलाई निर्दोष साबित गर्ने अवसर समेत दिइएन। यसबाट मुसलमानहरू विशेष गरी कश्मीरीहरूलाई कमजोर बनाुने व्यापक एजेण्डाको चिन्तालाई बढ़ाउँछ।

पूर्व मुख्यमन्त्रीले आरोप लगाइन्, पहिला त उनीहरूलाई पक्षपातपूर्ण आरक्षण नीतिको कारणले समस्यामा धकेलिँदैछ जस्तो कि जम्मू-कश्मीरमा आरक्षण प्रमाण पत्रमाथि हालैमा भएको खुलासाबाट थाहा लाग्छ, अब फेरि गलत ढंगमा बर्खास्त् गरिँदैछ जहाँ जज, जूरी र जल्लाद सबै एकातिर छन्।

पछिल्लो पाँच वर्षभित्रमा उपराज्यपालको नेतृत्वमा रहेको प्रशासनले संविधानको अनुच्छेद 311-लाई आधार मान्दै अहिलेसम्ममा लगभग 80 जना सरकारी कर्मचारीहरूलाई सेवाबाट बर्खास्त गरिसकेको छ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande