
कोलकाता, 30 अक्टोबर (हि.स.)। रासपूर्णिमा मेलाको अवसरमा नवद्वीपधाम जाने श्रद्धालुहरूको भीड़लाई ध्यानमा राखेर पूर्व रेलवेले विशेष व्यवस्था गरेको छ। यात्रीहरूको सुविधाको लागि हावड़ा डिभीजनमा आगामी 4 र 6 नोभेम्बरमा दुई दिन एक जोड़ी विशेष ट्रेनलाई संचालन गरिनेछ। रेलवे सूत्रानुसार यस फसेलाको उदेश्य यात्रीहरूको भीड़लाई नियन्त्रण गर्नु र सुचारू परिवहन सुनिश्चित गर्नु हो।
पूर्व रेलवेको पक्षबाट बिहीवार बिहान दिइएको जानकारी मुताविक अप ट्रेन ब्याण्डेलदेखि 5 र 6 नोभे्बरको अपरान्ह 2 बजे प्रस्थान भएर साँझ 4:10 कटवा पुग्नेछ। फर्किँदा डाउन ट्रेन कटवादेखि साँझ 6: 20 बजे प्रस्थान भएर राती 10: 30 बजे ब्याण्डेल आइपुग्नेछ। यो ट्रेन सबै स्टेशनहरूमा रोकिनेछ ताकि यात्रीहरूलाई कुनै प्रकारको असुविधा नहोस्।
स्मरण गराइन्छ, यसपूर्व दुर्गापूजा र कालीपूजाको अवसरमा पनि पूर्व रेलवेले अतिरिक्त ट्रेनहरूलाई संचालनमा ल्याएर भीड़को दबावलाई कम गर्ने चेष्टा गरेको थियो।
यता आगामी 5 नोभेम्बरमा रास उत्सव अनि 6 नोभेम्बरमा शोभायात्रा आयोजना गरिनेछ। कृष्णनगरमा रास उत्सवलाई सुव्यवस्थित ढंगमा सम्पन्न गराउनको लागि नवद्वीप थाना र कृष्णनगर पुलिस जिल्लाको पक्षबाट रवीन्द्र सांस्कृतिक मञ्चमा एक समन्वय बैठक आयोजना गरियो। बैठकमा स्थानीय विधायक, नगरपालिका प्रतिनिधि औ विभिन्न विभागीय अधिकारीहरू सामेल भए।
बैठकमा तय गरियो, अनुमोदित पूजा समितिहरूले मात्र शोभायात्रामा भाग लिनेछन्। प्रत्येक समितिलाई एक विशिष्ट क्यूआर कोड प्रदान गरिनेछ जसबाट प्रतिमाको रूट ट्र्याकिंग गरिनेछ यसको साथै हरेक समितिले पाँच-पाँचजना स्वयंसेवकहरू नियुक्त गर्नुपर्छ ताकि आयोजन अवधि कुनै प्रकारको अव्यवस्था नहोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा