
पश्चिम मेदिनीपुर, 30 अक्टोबर (हि.स.)। पश्चिम मेदिनीपुरस्थित घाटाल नगरको 16 नम्बर वार्डमा गए बुधवार राती एकजना शिक्षकको सड़िसकेको शव भेटिएको घटनाले क्षेत्रमा कोकोहोलो मचियो। मृतकको पहिचान अरिन्दम मुखोपाध्याय (53) रूपमा भएको छ जो बसन्ता कुमारी बालिका विद्यालय समीप आफ्नो घरमा पत्नी र दुई सन्तानसित बस्थे।
पुलिस सूत्र अनुसार मृतककी पत्नी ब्यूटी मुखोपाध्याय पनि शिक्षिका हुन्। भनिन्छ, गत सोमवारदेखि अरिन्दम मुखोपाध्याय आफ्नो कोठादेखि बाहिर आएका थिएनन्। परिवारले ध्यानै दिएन। गए बुधवार राती कोठाबाट तीव्र दुर्गन्ध आएपछि पत्नीले ढोका खोल्ने चेष्टा गरिन्, तर असफल भइन्। त्यसपछि पुलिसलाई सूचना दिइयो।
सूचना पाएर पुलिस घटनास्थलमा पुग्यो अनि ढोका भत्काएर भित्र प्रवेश गऱ्यो। कोठाभित्र अरिन्दमको सड़िसकेको शव फेला पऱ्यो। शवलाई कब्जामा लिएर पुलिसले पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ।
घटनापछि क्षेत्रमा सन्त्राष फैलिएको छ। प्रारम्भिक जाँचमा पुलिसले यसलाई संदिग्द मृत्यु मानिरहेको छ। आत्महत्या वा अन्य कुनै कारण हुनसक्ने सम्भावनालाई पनि अस्वीकार गरिरहेको छैन। पुलिसले मामिलाको गहन जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा