दाँतनमा ट्रक कन्टेनरसित ठोक्कियो, चालक घाइते
दाँतनमा ट्रक कन्टेनरसित ठोक्कियो, चालक घाइते


पश्चिम मेदिनीपुर, 30 अक्टोबर (हि.स.)। जिल्लाको दाँतन थाना अन्तर्गत बाघड़ाक्षेत्रमा बिहीवार भोर बिहान भयानक सड़क दुर्घटना भयो जसमा ट्रक चालक गम्भीर रूपमा घाइते भयो। दुर्घटना खड़गपुर-बालेश्वर राष्ट्रिय राजमार्ग-16 मा भएको हो जतिबेला एउटा ट्रकले सड़क किनारमा राखिएको कन्टेनरलाई पछिबाट ठक्कर दियो।

पुलिस सूत्रअनुसारटायर लादिएको कन्टेनरलाई यान्त्रिक खराबीको कारणले सड़क किनारमा राखेको थियो। यसै अवधि ओडिशातिरबाट आइरहेको एक मालवाहक लरी द्रूत गतिमा कन्टेनरको पछिल्लो भागसित ठोक्कियो। ठक्कर भयानक थियो जसले गर्दा ट्रकको अघिल्लो भाग पूर्ण रूपले क्षतिग्रस्त भएको छ भने चालक केबिनभित्रै फसेका छन्।

सूचना पाए लगत्तैदाँतन थाना पुलिसर राष्ट्रिय राजमार्ग प्राधिकरणकोटीमघटनास्थलमा पुग्यो। लगभग एक घण्टाको परिश्रमपछि चालकला ट्रकदेखि बाहिर निकालेर मिदनापुर मेडिकल कलेज एवं अस्पतालमा पठाइदियो। घाइते चालकको पहिचान रामचन्द्र मण्डल, बिहार निवासीको रूपमा भएको छ।

स्थानीयमानिसहरूको भनाइ छ, राजमार्गमा राखिएका वाहनहरूको कारणले कैयौं पटक यस्तो दुर्घटना भइसकेको छ साथै पर्याप्त चेताउनी संकेत तथा प्रकाशको अभावमा दुर्घटना हुने जोखिम बढ़ेर जान्छ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande